‘एक्टरः टेक वन’ आजदेखि देशव्यापी प्रदर्शनमा ।

Share
Rate this News

फिल्म ‘एक्टरः टेक वन’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ। फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला लगायतको अभिनय छ। राजन भुसालले निर्देशित फिल्मको निर्माता थम्मन के. भण्डारी हुन्।

नामको विषयलाई लिएर दुई फिल्मबीच विवाद हुँदा ‘एक्टरः टेक वन’ पूर्वनिर्धारित मितिमा रिलिज हुन सकेको थिएन्। जिल्ला अदालतले नेपाल चलचित्र संघलाई जानकारी पत्र लेख्दै अदालतबाट शुक्रबार मुद्दा फिर्ताको आदेश भएको जनाएको छ। फिल्म ‘एक्टर’ का निर्माताले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएसँगै ‘एक्टरः टेक वन’ रिलिज भएको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *