ज्याद्रो जेलेन्स्की: युद्ध, वार्ता र अन्तर्राष्ट्रिय राजनीति

Share
Rate this News

प्रकाश थापा, लालबन्दी-१६, परवानीपुर

हालैका दिनहरूमा विश्वभरका राजनीतिक घटनाक्रमले अन्तर्राष्ट्रिय मञ्च तताएको छ। यसै क्रममा, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, अमेरिका, रुस, नेटो (NATO), र विश्वका प्रमुख शक्तिहरूको भूमिकाले नयाँ मोड लिइरहेको छ।

अमेरिकी नीति परिवर्तन र आप्रवासी समस्या

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पदबहाली गरेकै दिन संसारभरका लुकेका आप्रवासीहरूलाई नियन्त्रणमा लिई आफ्नो मूलदेश फर्काउने नीति लागू गरे। यससँगै अवैध रूपमा अमेरिका प्रवेश गर्नेहरूका लागि विशेष गरी मस्को क्षेत्रमा खुला नाका बन्द गरियो ।

रुस-युक्रेन युद्ध र जेलेन्स्कीको संघर्ष

सन् २०२२ फेब्रुअरी २४ देखि सुरु भएको रुस-युक्रेन युद्धको कारण विश्वमा ठूलो आर्थिक, भौतिक र मानवीय क्षति भएको छ। केही समययता दुबै देशबीच युद्धविराम थियो। अमेरिकाले १७० भन्दा बढी देशहरूलाई दिँदै आएको USAID सहायता रोक्ने निर्णय गरेपछि अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाहरू (NGO, INGO) लगायत भ्रष्टाचारमा लिप्त संस्थाहरू अन्यौलमा परे। नेपालमा समेत अमेरिकी डलरको प्रभाव घट्दै गयो।

यहीबीचमा, ट्रम्प प्रशासनले युक्रेन र रुसलाई वार्ताका लागि तयार गराउने प्रयास गर्यो। तर ट्रम्पले वार्ता प्रक्रियालाई पारदर्शी बनाउँदै मिडियामार्फत संसारलाई देखाए। ह्वाइट हाउसमा जब जेलेन्स्की र ट्रम्प आमनेसामने भए, त्यहाँको वातावरण निकै गम्भीर बन्यो। ट्रम्प रेड टाई, निलो सुटमा प्रस्तुत भए भने युद्धग्रस्त युक्रेनका राष्ट्रपति अनौपचारिक पोसाकमा थकित मुद्रामा देखिए।

जेलेन्स्कीको मनोदशा

युद्धले युक्रेनलाई तहसनहस बनाइसकेको छ। राष्ट्रपति जेलेन्स्की युक्रेन पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समर्थनको आशामा अमेरिका पुगेका थिए। मनभरि आशा बोकेर आएका जेलेन्स्कीलाई ट्रम्प प्रशासनले अपेक्षित सहयोगको प्रतिबद्धता नजनाएपछि उनी निराश बने। ट्रम्पले “हामी अब तिम्रो देशलाई सहयोग गर्न सक्दैनौं” भनी स्पष्ट सन्देश दिए। अमेरिकी उपराष्ट्रपति जे डी बेन्स पनि आक्रामक रूपमा प्रस्तुत भए।

तर, जेलेन्स्की दृढ देखिए। उनले स्पष्ट रूपमा आफ्नो देशको अवस्था बयान गरे। अमेरिकाले युक्रेनलाई सधैं साथ दिने वाचा गरे पनि अहिले नेटो (NATO) को पूर्ण समर्थन नपाउँदा उनी थप चिन्तित देखिए।

रुस-युक्रेन विवाद र क्रिमियाको मुद्दा

युक्रेनका लागि सबभन्दा ठूलो घाटा भनेको सन् २०१४ मा रुसले क्रिमिया कब्जा गर्नु हो। क्रिमिया क्षेत्र सैन्य, रणनीतिक, र आर्थिक रूपमा महत्वपूर्ण थियो। त्यहाँको सेभास्तोपोल बन्दरगाह र कालो समुद्रमा रुसको प्रभाव विस्तार गर्न चाहने भ्लादिमिर पुटिनले उक्त भूभागलाई आफ्नो नियन्त्रणमा लिएका थिए।

युक्रेनको पश्चिमा राष्ट्रहरूसँगको बढ्दो सम्बन्धले रुसलाई असहज बनायो। परिणामस्वरूप, युद्धको स्थिति सिर्जना भयो। युक्रेन नेटो (NATO) को सदस्य बन्न चाहन्थ्यो, तर नेटोले रक्षा सहायता बाहेक पूर्ण सदस्यताको अनुमति दिएन।

वार्ताको असफलता र जेलेन्स्कीको आगामी रणनीति

ह्वाइट हाउसमा अमेरिकी अपमान सहनुपरे पनि जेलेन्स्की निराश भएर नबस्ने संकेत देखाए। अहिले उनले युरोपियन युनियनका नेताहरूसँग वार्ताको पहल गरिरहेका छन्। उनी शान्तिको खोजीमा अन्तर्राष्ट्रिय सहानुभूति बटुल्दैछन्।

जेलेन्स्की अहिले थकित भए पनि दृढ छन्। उनी आफ्नो देशको अस्तित्व र भौगोलिक अखण्डताको रक्षा गर्न कटिबद्ध छन्। युद्धको विनाशबाट पुनःनिर्माणको सपना देखिरहेका युक्रेनी जनताका लागि शान्ति नै मुख्य आवश्यकता हो।

निष्कर्ष

रुस-युक्रेन युद्धले देखाएको मुख्य पाठ भनेको परनिर्भरता राष्ट्रको लागि खतरनाक हुनसक्छ। युक्रेनको जस्तै स्थिति नेपालमा नदोहोरियोस् भन्ने चेतना नेपालका नेतृत्वकर्ताहरूले लिनुपर्छ। शान्ति, कूटनीति, र आत्मनिर्भरता नै कुनै पनि देशको वास्तविक शक्ति हो।

जेलेन्स्की युद्धको भारले ज्याद्रो (थकित) देखिन्छन्। तर उनको देशप्रतिको निष्ठा र शान्ति स्थापनाको अठोटले युक्रेनलाई पुनःस्थापना गर्नेछ भन्ने आशा छ। युक्रेनी जनताका लागि यो कठिन समय छ, तर आशा गरौँ उनीहरूको संघर्ष निष्फल हुने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *