तीनकुने क्षेत्रमा प्रशासनद्वारा कर्फ्यु आदेश जारी

Share
Rate this News

काठमाडौं, २०८१ चैत्र १५ – काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। शुक्रबार साँझ ४:२५ बजेबाट लागू गरिएको कर्फ्यु राति १० बजेसम्म जारी रहनेछ।

प्रशासनका अनुसार काठमाडौं महानगरपालिकाभित्र तोकिएको चार किल्लाभित्र कुनै पनि व्यक्ति आवतजावत गर्न, सभा, जुलुस, प्रदर्शन, बैठक तथा धर्ना गर्न नपाइने आदेश जारी गरिएको छ।

गौशला देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नैकापारासम्म ,कोटेश्वरदेखि जडिबुटी पुल ,कोटेश्वरबाट बालकुमारी पुल , बानेश्वर चोकदेखि शंखमुल पुल ,गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्मको क्षेत्रहरुमा कर्फ्यु जारी गरेको हो । प्रदर्शन उग्र बन्दै गएपछि सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै प्रशासनले सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो। सुरक्षाकर्मी तैनाथ गरिएसँगै स्थिति नियन्त्रणमा रहेको प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *