नवलपरासीमा आगलागी

Share
Rate this News

नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीस्थित जय कालिका ट्रेडिङ सप्लायर्समा आगलागी भएको छ ।

गएराति करिब साढे १ बजेतिर लागेको आगो आज बिहान ३ बजेर २० मिनेटमा नियन्त्रणमा लिइएको थियो । लेखनाथ खरेलले सञ्चालन गरेको सप्लायर्समा गाडीका टायर, मोबिल, ब्याट्री लगायतका सामान थिए । ती जलेर नष्ट भएको प्रहरीले जनाएको छ । तर क्षतिको विवरण आउन बाँकी छ ।
आगलागीको कारण पनि खुलेको छैन । मुचुल्का उठाउने काम भैरहेकोले क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता डीएसपी रेशम बोहराले जानकारी दिनुभयो ।
राती नै दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *