नासाका दुई अन्तरिक्षयात्रीको पहिलो अन्तरिक्ष भ्रमण

Share
Rate this News

नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा प्रवेश गरेको झण्डै आठ महिनापछि बाहिर निस्किएर एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण अर्थात स्पेस वाक गरेका छन् ।

कमान्डर सुनी विलियम्स र बुच विलमोरले पृथ्वीबाट प्रक्षेपण भएका कुनै सूक्ष्मजीवहरू जीवित छन् कि भनेर स्टेसनको बाहिर भाचिएको एन्टिना हटाएर सफा गरेका छन् ।

दुई सय ६० माइल अर्थात चार सय २० किलोमिटर माथि स्पेस वाक गरेर विलियम्सले महिला अन्तरिक्षयात्रीको रेकर्ड तोड्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

गएको जुनमा अन्तरिक्ष स्टेसनमा पुगेपछि यो जोडी एक हप्ता मात्रै बस्ने अपेक्षा गरिएको थियो । तर उहाँहरूको नयाँ अन्तरिक्षयान  बोइङको स्टारलाइनर क्याप्सुलमा धेरै समस्या आएकाले नासाले त्यसलाई खाली फर्काउने निर्णय गरेको थियो ।

यसले उहाँहरु दुवै सेवानिवृत्त नौसेनाका कप्तान परीक्षण पाइलटहरु उतै अड्किनुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *