निशुल्क आँखा शिविर:को पहिलो दिन ६६२ जनाले गरे परीक्षण

Share
5/5 - (2 votes)

फाल्गुण ३,
हरिवन
प्रेमनाथ पौडेल

सर्लाहीको हरिवनमा आयोजित निशुल्क आँखा शिविरको पहिलो दिन ६६२ जनाले आँखा परीक्षण गराएका छन्।
हरिवन नगरपालिका, नेपाल नेत्रज्योति संघ आँखा अस्पताल भरतपुर चितवन तथा आँखा उपचार केन्द्र सुखेपोखरीको संयुक्त आयोजनामा सञ्चालन भएको शिविरमा विभिन्न स्थानका नागरिकहरूले लाभ लिएका छन्।

शिविर हरिवन नगरपालिका अन्तर्गतका सासापुर स्वास्थ्य चौकी (प्रस्तावित हरिवन नगर अस्पताल) हरिवन-४ गणेश चौक, हरिवन स्वास्थ्य चौकी हरिवन-८ प्रसूति गृह तथा घुर्कौली स्वास्थ्य चौकी हरिवन-६ घुर्कौलिमा एकसाथ सञ्चालन गरिएको थियो।

नगर स्वास्थ्य संयोजक रामबाबु चौधरीका अनुसार धूलो, धुँवा तथा मोबाइल फोनको विकिरणका कारण नागरिकहरूमा आँखासम्बन्धी समस्या बढ्दै गएपछि नगरपालिकाले निशुल्क आँखा परीक्षण शिविरको आयोजना गरेको हो।

शिविरको पहिलो दिन ६६२ जनाले परीक्षण गराउँदा १०८ जनामा मोतियाबिन्दु भएको पाइएको छ। त्यस्तै, ५२ जना बिरामीलाई निशुल्क चश्मा वितरण गरिएको छ भने आँखामा समस्या देखिएका सेवाग्राहीहरूलाई निशुल्क औषधि उपलब्ध गराइएको छ।

विभिन्न स्थानमा गरिएको आँखा परीक्षणमा: निम्न अनुसार मोतियाबिन्दु भएको बिरामी फेला परेको बताएको छ ।

हरिवन स्वास्थ्य चौकीमा २४४ जनामध्ये ४० जना, घुर्कौली स्वास्थ्य चौकीमा २४० जनामध्ये ४० जना, सासापुर स्वास्थ्य चौकीमा १७८ जनामध्ये २८ जनामा मोतियाबिन्दु देखिएको छ।

शिविर फाल्गुण ५ गते हरिवन-१० स्थित आँखा उपचार केन्द्रमा सञ्चालन गरिनेछ। पहिलो दिन र सोमबारको शिविरमा मोतियाबिन्दु देखिएका बिरामीहरूको फाल्गुण ६, ७, र ८ गते निशुल्क शल्यक्रिया (अप्रेसन) गरिने व्यवस्था मिलाइएको छ।

भरतपुर आँखा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा शिविर सञ्चालन भइरहेको छ। शिविर आगामी फाल्गुण ८ गते बिहीबारसम्म जारी रहने हरिवन नगरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *