
सर्लाही, असार २२ | Super Media Nepal
सर्लाही प्रहरीले विशेष सूचनाका आधारमा भन्सार छलेर ल्याइएको झण्डै १५ लाख रुपैयाँ बराबरको काजुसहित एक ट्रक नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको टोलीले आईतबार बिहान करिब ११:०० बजे ग २ ख १४१८ नम्बरको मिनी ट्रक चेकजाँच गर्दा परालको भुसमुनि लुकाइएको काजु फेला परेको हो।
प्रहरी नायब निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा मदनपुरबाट काठमाडौंतर्फ गइरहेको ट्रकलाई रोकेर जाँच गर्दा, परालको भित्रपट्टी लुकाइएको अवस्थामा अन्दाजी १५ लाख रुपैयाँ बराबरको काजु बरामद गरेको हो।

ट्रकसहित प्रहरीले सर्लाही, बरहथवा नगरपालिका–१३, बसवरीया निवासी करिब ५६ वर्षीय राजबंशी झालाई नियन्त्रणमा लिएको छ।
बरामद काजु र ट्रक इलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका प्रारम्भिक विवरण अनुसार, यो तस्करी प्रयास भन्सार छलफलकको योजनाबद्ध रूप भएको आशंका गरिएको छ।