
सुपर मिडिया नेपाल
सर्लाहीको बागमती नगरपालिका-४, प्रसाई टोलमा फाल्गुन ९ गते भएकाे एक विवाह समारोहमा जातीय विभेदको घटना सार्वजनिक भएको छ। विवाह भोजका क्रममा अतिथिहरूलाई जातीय आधारमा छुट्टाछुट्टै बसाइएको दृश्य देखिएको छ । प्रत्यक्षदर्शीका अनुसार, खानाको व्यवस्थापनमा दुईवटा फरक ठाउँ छुट्याइएको थियो—पहिलो दलित समुदायका लागि र दोस्रो अन्य जातिका लागि।
स्थानीय गंगा आले मगरको घरमा भएको बिवाह समारोहमा दलित र गैरदलितको लागी भन्दै फरक फरक ठाँउ छुट्याएपछि समारोहमा उपस्थित दलित समुदायले बिरोध जनाएका छन । छुट्टाछुट्टै ठाउँमा भोज ब्यबस्थापन भएपछि दलित समुदायले विवाह भोज बहिष्कार समेत गरेका स्थानिय धिरज बिश्वकर्माले बताउनुभयो ।

यस घटनाबाट समाजमा अझै पनि गहिरो रुपमा जातीय भेदभाव रहेको प्रमाणको रूपमा लिएको र यसप्रति कडा प्रतिवाद आवश्यक रहेको भन्दै स्थानीय अगुवा तथा दलित अधिकारकर्मीहरूले जातीय विभेदको अन्त्यका लागि कानूनी कारबाहीको माग गरेका छन ।
