बागमती नदीमा डुबेर २ जना बेपत्ता, एक बालक र एक युवा अझै फेला परेनन्

Share
1.5/5 - (2 votes)

सर्लाही र रौतहटको सीमामा पर्ने बागमती नदीमा आज दिउँसो दुई जना व्यक्ति डुबेर बेपत्ता भएका छन् ।

पूर्व–पश्चिम राजमार्गको बागमती पुलभन्दा करिब १०० मिटर माथि पौडी खेल्ने क्रममा चन्द्रपुर–१ निवासी विनोद सहनीका छोरा, करिब ७ वर्षीय मनिष कुमार सहनी नदीमा डुबेर बेपत्ता भएका हुन्।

इलाका प्रहरी कार्यालय चन्द्रपुरका अनुसार बालकको खोजीकार्य जारी छ।

त्यस्तै, बागमती नदीकै नुन्थर क्षेत्रमा पर्ने झोलुङ्गे पुल नजिक भारत बिहारको सिवहर जिल्लाबाट आएका करिब २५ वर्षीय हिमान्शु कुमार पनि पौडी खेल्दा डुबेर बेपत्ता भएका छन्। उनी घुमघामको सिलसिलामा नेपाल आएका थिए।

दुवैको खोजी कार्य तीव्र

स्थानीय बासिन्दा, प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले दुबै बेपत्ता व्यक्तिको खोजी कार्य तीव्र बनाएको जनाएको छ।

प्रत्येक वर्ष बागमती नदीमा पौडी खेल्ने क्रममा मानिस डुब्ने घटना बढ्दै गएको भन्दै प्रहरीले नदी क्षेत्रमा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *