
सर्लाही, भदौ १७ । Super Media Nepal
सर्लाहीको बागमती नगरपालिका–१२, बजार टोलमा यस वर्षको दुर्गा पूजाका लागि नयाँ दुर्गा पूजा समिति गठन गरिएको छ। गत वर्षझैँ यस वर्ष पनि बागमती–११, महेन्द्र राजमार्गस्थित बागमती पुल नजिक भव्य रुपमा दुर्गा पूजा आयोजना गर्ने तयारी भइरहेको समितिले जनाएको छ।
समितिको गठन बागमती–१२ का वडा सदस्य जितेन्द्र दास कथवनियाको विशेष उपस्थितिमा गरिएको हो। नवगठित समितिमा नवल किशोर साह अध्यक्षमा निर्वाचित हुनु भएको छ भने वरिष्ठ उपाध्यक्ष सुमन दास, उपाध्यक्ष ललन सोनी, सचिव सन्तोष ठाकुर, कोषाध्यक्ष चन्देश्वर दास चयन गरिएको छ।
त्यसैगरी सदस्यहरूमा क्रमशः सञ्जय दास, प्रशान्त वाईबा, जयकिशोर दासलगायत रहेका छन्।

समितिले हरेक वर्ष बागमतीमा लाग्ने दुर्गा पूजा, बागमती मेला तथा अन्य सामाजिक कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
उपाध्यक्ष ललन सोनिले भन्नुभयो, “यस वर्षको दुर्गा पूजालाई अझ भव्य र व्यवस्थित बनाउन समिति प्रतिबद्ध रहेको छ, र स्थानीयको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न गरिनेछ।”