मेरा बा धनी छन् मनको

Share
Rate this News

✍️ राजेश्वर क्षेत्री बागमती सर्लाही

मेरा बा धनी छन् मनको,
संसारको कुनै धनसँग तुलना नै हुन नसक्ने।
आफू भोकै रहे पनि सन्तानको पेट भर्छन्,
आफ्ना सपनाहरू बिर्सेर हाम्रो बाटो कोर्छन्।

थाकेका हातहरूले भविष्य बनाउँछन्,
निद्रा गुमाएर आशाहरू जगाउँछन्।
आफ्नो दुःख कहिल्यै देखाउन जान्दैनन्,
हाम्रो खुशीमै आफ्नो जीवन पाउँछन्।

कहिले कठोर, कहिले मायालु,
तर सधैं असल बाटो देखाउने गुरु।
हामी लड्दा, समाउने पहिलो हात,
अन्धकारमा उज्यालो दिने पहिलो बत्ती।

मेरा बा साँच्चै धनी छन् मनको,
स्नेह, परिश्रम र त्यागको धनले।
जति खोजे पनि, जति दौडिए पनि,
उनको जस्तो धन कहिल्यै कमाउन सक्दिनँ।…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *