लोडसेडिङ अन्त्य गर्ने नेतृत्वदायी व्यक्तित्व कुलमान घिसिङ सर्लाहीमा सम्मानित हुँदै

Share
Rate this News

सर्लाही, – नेपालमा लोडसेडिङ अन्त्य गरी देशलाई उज्यालो बनाउने ऐतिहासिक योगदानका लागि परिचित ‘उज्यालोको प्रतीक’ कुलमान घिसिङलाई नागरिक तहबाट भव्य सम्मान गरिने भएको छ।

नागरिक अभिनन्दन मूल समिति, सर्लाहीको आयोजनामा घिसिङलाई समर्पित “नागरिक अभिनन्दन कार्यक्रम” यही जेठ २८ गते, बिहान ११:०० बजे, हरिवन–११, सर्लाहीस्थित सरस्वती पार्टी प्यालेस (खसी बजार नजिक) मा आयोजना हुँदैछ।

कार्यक्रमको उद्देश्य घिसिङले देशको ऊर्जा क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै स्थानीय तहमा उनको सम्मान गर्नु रहेको आयोजकहरूले जनाएका छन्।

कार्यक्रमले सर्लाहीमा सकारात्मक ऊर्जा फैलाउने र नागरिक स्तरबाट उदाहरणीय सम्मान संस्कृतिको विकास गर्ने विश्वास आयोजकको रहेको छ। कार्यक्रममा सर्लाहीका विभिन्न सामाजिक संघ–संस्था, बुद्धिजीवी, युवा तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजकले कार्यक्रममा उपस्थित भई “कार्यक्रमको गरिमा बढाइदिन” सबैमा हार्दिक अनुरोध गरेका छन्।

कार्यक्रममार्फत स्थानीय तहमा नागरिक सम्मान संस्कृतिको प्रवर्द्धन गर्नुका साथै राष्ट्रिय योगदान पुर्‍याउने व्यक्तिप्रति कृतज्ञता प्रकट गर्ने प्रयास गरिएको आयोजकहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *