
फाल्गुण १२
हरिवन
प्रेमनाथ पौडेल
सर्लाहीको हरिवन मा राष्ट्रिय शहरी नीति, वार्षिक तथा आवधिक योजना तर्जुमा प्रक्रिया सम्बन्धी एकदिने गोष्ठी सम्पन्न भएको छ।
नगरप्रमुख रमेश बुढाथोकी (कमल)को प्रमुख आतिथ्यतामा गोष्ठी नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
बागमती सेवा समाज नेपाल हरिवन को आयोजना तथा सामे हेल्भेटास नेपालको आर्थिक र काठमाण्डौ बिश्व बिधालय को प्राबिधिक सहयोग मा कार्यक्रम Urban FutureScape – हाम्रो शहर परियोजना अन्तर्गत आयोजना गरिएको हो।

गोष्ठीमा हरिवन नगरपालिका लाई भाबि दिनमा कसरी समृद्द ब्यबस्थित शहर बनाउन सकिन्छ भन्ने बारेमा शहरी नीति, वार्षिक तथा दीर्घकालीन योजना तर्जुमा गर्ने प्रक्रिया, नगरको विकास योजनाहरू, तथा समृद्ध शहरी व्यवस्थापनका उपायहरू बारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा नगरपालिकाकी उप प्रमुख हरिमाया घलान का साथै विभिन्न वडा का वडा अध्यक्ष सदस्य र वडा सचिब हरुको सहभागिता रहेको बागमती सेवा समाज का कार्यक्रम संयोजक धिरेन्द्र चौधरी ले बताएका छन ।

गोष्ठी को सहजिकरण परियोजना का देब बिलाश यादबले गरेका आयोजक संस्था ले जनाएको छ ।
कार्यक्रमका क्रममा समावेशी तथा दिगो शहरी विकास, पारदर्शी नीति निर्माण, युवा सहभागिता, र प्रभावकारी शहरी व्यवस्थापनका विषयमा महत्वपूर्ण छलफलहरू गरिएको आयोजक संस्थाहरूले बताएका छन्।
कार्यक्रमबाट आएका सुझाव तथा योजनाहरूलाई समेट्दै नगरको आगामी नीति निर्माण प्रक्रियामा समावेश गरिने समेत सहभागी हरुले प्रतिबद्धता व्यक्त गरेका छन ।
