सम्सी गाउँपालिकामा विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील योजना तर्जुमा

Share
Rate this News

भाद्र १५, महोत्तरी, बर्दिबास । प्रेमनाथ पौडेल Super Media Nepal

महोत्तरीको सम्सी गाउँपालिकामा विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग र एकीकृत ग्रामीण विकास समाज, महोत्तरीको सहजीकरणमा योजना तयार गरिएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रामनाथ यादवले योजनाले विपद् जोखिम न्युनिकरण र जलवायु परिवर्तनका चुनौती सामना गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विकास निर्माणका सबै काम जलवायुमैत्री दृष्टिकोणबाट अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै यसले दीगो विकासमा टेवा पुर्‍याउने बताए ।

सहजकर्ता निर्मल चोङबाङले सबै वडामा संकटासन्न अवस्था र क्षमता विश्लेषण गरी सहभागीमूलक ढंगबाट योजना तर्जुमा गरिएको जानकारी दिए ।

सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अनिता कुमारी, प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार साह, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा शाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो । सहभागीहरूले योजनामा नसमेटिएका विषयमा सुझाव पनि दिएका थिए ।

संस्थाका कोषाध्यक्ष उमेश न्यौपानेका अनुसार छलफलमा आएका सुझाव समेटी योजनालाई अन्तिम रूप दिई छिट्टै गाउँपालिकालाई हस्तान्तरण गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *