सर्लाहीको हरिवनमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

Share
3.6/5 - (5 votes)


हरिवन
प्रेमनाथ पौडेल

सर्लाहीको हरिवनमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। नेपाल नेत्रज्योति संघ भरतपुर आंखा अस्पताल चितवन ,हरिवन नगरपालिका, र आंखा उपचार केन्द्र हरिवन १०को संयुक्त सहकार्यमा शिविर फाल्गुण ३ गतेदेखि सञ्चालन गरिँदैछ।

शिविर ३गते सासापुर स्वास्थ्य चौकी, हरिवन स्वास्थ्य चौकी, र घुर्कौली स्वास्थ्य चौकीमा एकसाथ सञ्चालन गरिनेछ भने ५गते आंखा उपचार केन्द्र हरिवन २०सुखेपोखरी मा संचालन हुने बताईएको छ ।

त्यस्तै शिबिर मा आंखा को परिक्षण गर्दा फेला परेका मोतियाबिन्दु भएका बिरामि हरुको आंखा को सल्यक्रिया (अप्रेसन)आंखा उपचार केन्द्र हरिवन १० सुखेपोखरी मा निशुल्क गरिनु को साथै आंखा का रोगी हरुलाई निशुल्क औषधि का साथै चस्मा उपलब्ध गराईने हरिवन नगरपालिकाले जनाएको छ ।
हरिवन नगर स्वास्थ्य संयोजक रामबाबु चौधरीका अनुसार शिविरमा आउने बिरामीहरूलाई निःशुल्क औषधि तथा चस्मा समेत उपलब्ध गराइनेछ। नगरपालिकाले सम्पूर्ण नगरबासीलाई यस निःशुल्क सेवाको फाइदा उठाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *