माघ २९
मलंगवा
प्रेमनाथ पौडेल
सर्लाही को रामनगर मा भएकोआगलागीबाट एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
बिधुतिय तार सर्ट भएर लागेको आगलागीमा अनुप महराको कच्ची फुसको घर जलेर नष्ट भएको हो।
आगलागीका कारण घरभित्र रहेका पाँचवटा बाख्राको जलेर मृत्यु भएको छ भने लुगा, कागजपत्र, अन्नपात, नगद १०,००० रुपैयाँसहित करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
सोमबार साझ करिब पाच बजेको समय मा लागेको आगो स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा लागेको पौने घन्टा पछि नियन्त्रण मा ल्याइएको थियो।
घटनास्थलमा प्रहरी चौकी खैर्वा बहुर्वाका प्रहरी सहायक निरीक्षक . बालकिशोर साहको नेतृत्वमा १० जनाको टोली परिचालन गरिएको थियो। घटनास्थल प्रहरी चौकीबाट करिब २–३ किलोमिटर उत्तरतर्फ रहेको छ।
प्रहरीका अनुसार आगलागीबाट ठूलो धनजनको क्षति भए पनि कुनै मानवीय क्षति भने भएको छैन। प्रहरी ले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।