हरिवन
प्रेमनाथ पौडेल
देशका विभिन्न स्थानहरूमा २४औं मजदुर बलिदान दिवस मनाई रहँदा सर्लाहीको हरिवन मा पनि अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाइएको छ। ‘संसारका मजदुर एक हौ ,श्रम ऎन संसोधन सामाजिक सुरक्षा कार्यान्वयन उचित तलबमान ,आउट सोर्स खारेजी र सुरक्षित कार्य स्थल निर्माणका लागी हाम्रो अभियान’ भन्ने मुल नाराका साथ नेकपा माओवादी निकट मजदुर हरुको संगठन अखिल नेपाल ट्रेड युनियन (अन्टुक ) मधेश प्रदेश को आयोजना मा हरिवन स्थित बिभिन्न कारखानामा कार्यरत मजदुर हरुले दिवस अन्तरक्रिया कार्यक्रम गरेर मनाएका हुन ।

मजदुरहरूको हक, अधिकार, तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न आयोजित कार्यक्रममा मजदुर संघ संगठनका अगुवा, उद्योगी, मजदुरहरू तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा श्रमिकहरूको सुरक्षाका लागि आवश्यक नीतिहरूको कार्यान्वयन, उचित ज्याला तथा रोजगारीको वातावरण सिर्जना गर्ने विषयमा छलफल गरिएको थियो । त्यस्तै नजिकिएको ट्रेड युनियन को निर्बाचन मा आफ्नो प्यानल को जित कसरी सुनिस्चित गर्न सकिन्छ र आफ्नो पकड लाई बलियो बनाउन सकिन्छ भन्ने बारेमा सबै एकढिक्का भएर लाग्न र प्रतिपक्षि लाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने बारेमा लाग्नु पर्ने मा बक्ता हरुले जोड दिएका थिए । सहभागीहरुले श्रमिक अधिकारको रक्षा गर्न ऐक्यबद्धता जनाउँदै मजदुर हितमा आवाज उठाए । कार्यक्रममा बोल्दै वक्ताहरूले नेपालका मजदुरहरूले विगतमा देखाएको संघर्षलाई सम्झँदै वर्तमानमा श्रमिकहरूको हकहित सुरक्षित राख्न सरकार, उद्योगी तथा सरोकारवाला निकायहरू गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका थिए।

नेकपा माओवादी केन्द्र निकट जनबर्गिय संगठन अखिल नेपाल टेड युनियन (अन्टुक )का मधेश प्रदेश अध्यक्ष केदार देब को अध्यक्षता एवम युनियन का केन्द्रिय अध्यक्ष अर्जुन चिमरियाको प्रमुख आतिथ्यता मा भएको कार्यक्रम मा निर्बाचन आयोग का मधेश प्रदेश अध्यक्ष श्यामबाबु कार्कि ,युनियन का केन्द्रिय सदस्य युबराज लुईटेल ,मधेश प्रदेश सदस्य ,रामेश्वर चौधरी ,नेकपा माओवादी केन्द्र का हरिवन नगर कमिटी अध्यक्ष अर्जुन पन्त लगायत ले आ आफ्नो धारणा राखेका कार्यक्रम संचालक तुलसी पौडेल ले बताए । कार्यक्रम मा नेकपा माओवादी केन्द्र का युवा नेता शेख ईस्तिहार ,शम्भु साह ,बिरेन्द्र झा ,बिद्यार्थी नेता शेख सहबुदिन ,नबिन थापा लगायत मजदुर नेता हरुको आथिथ्यता रहेको थियो । उद्योग क्षेत्रका मजदुरहरूले श्रम अनुकूल वातावरण, सुरक्षा र उचित पारिश्रमिकको माग राख्दै आगामी दिनमा पनि निरन्तर संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको समापनमा बलिदानी श्रमिकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मजदुर एकताको संकल्प लिइएको थियो।
