सर्लाहीमा प्लाष्टिक कारखानामा आगलागी

Share
Rate this News

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका ७, ब्रह्मस्थान चोकस्थित नेत्र बहादुर कार्कीको घरमा भाडामा सञ्चालित प्लास्टिकको झोला उत्पादन गर्ने फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।

राम छबिला साहद्वारा सञ्चालित हिमालयन पोली नेपाल नामक फ्याक्ट्रीमा शुक्रबार बिहान करिब ३ः२५ बजे विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ ।

आगलागीको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यलय केशरजंगका प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा ३० जना प्रहरी टोली, सागरनाथ बेस क्याम्पबाट ९ जनाको प्रहरी टोली, हरिवन र मलंगवाबाट आएका दुई दमकल, र स्थानीय बासिन्दाको सहायतामा उक्त आगो बिहान ५ः३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट फ्याक्ट्रीका मेसिन, कच्चा पदार्थ, र भवन पूर्ण रूपमा जलेर नष्ट भएका छन्। साथै, नवल किशोर साहको नजिकै रहेको घरमा पनि आंशिक क्षति पुगेको छ।

आगलागीबाट भएको आर्थिक क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्वीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *