हरिवन
प्रेमनाथ पौडेल
सर्लाहीको हरिवन मा संचालित तिनदिने मोतियाबिन्दु शल्यक्रिया शिबिर सम्पन्न भएको छ ।
शिबिर बाट ४० बर्ष देखि ९२ बर्ष सम्मका नागरिक ले आंखा को शल्यक्रिया गरि लाभ उठाएका छन ।
हरिवन नगरपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघ आँखा अस्पताल भरतपुर, चितवन र आँखा उपचार केन्द्र हरिवन-१०, सुखेपोखरीको सहकार्यमा सञ्चालित तीन दिने मोतियाबिन्दु शल्यक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको हो ।

गत फाल्गुण ३, ४, र ५ गते हरिवन तथा बरहथवाका विभिन्न स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा पत्ता लागेका मोतियाबिन्दु भएका बिरामीहरूको शल्यक्रिया फाल्गुण ६ गतेदेखि प्रारम्भ भई फाल्गुण ८ गते बिहिबार सम्पन्न भएको आयोजक हरिवन नगरपालिका का स्वास्थ्य संयोजक रामबाबु चौधरी ले बताए ।
शिबिर को अन्तिम दिन (फाल्गुण ८ गते) ४५ जनाको सफल मोतियाबिन्दुको शल्यक्रिया थियो। यस शल्यक्रिया कार्यक्रम अन्तर्गत तीन दिनमा जम्मा १७५ जनाको शल्यक्रिया भएको छ।

कार्यक्रममा ४० वर्षदेखि ९२ वर्षसम्मका व्यक्तिहरूको सल्यक्रिया गरिएको थियो। पहिलो सफल सल्यक्रियामा परेका व्यक्तिहरूमा हरिवन-८ का ९२ वर्षीय नरबहादुर खड्का, हरिवन-३ का ९१ वर्षीय राम विलास महतो तथा हरिवन-३ कै ९० वर्षीय गणेशमान घिसिङ्ग रहेका छन्।
हरिवन नगरपालिकाका स्वास्थ्य संयोजक रामबाबु चौधरीका अनुसार सम्पूर्ण सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। नगरपालिकाले आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
बिगत केहि बर्ष देखि हरिवन नगरपालिका ले नागरिकको आखा रोगको समस्या लाई मध्य नजर गर्दै समय समय मा शिबिर तथा सचेतना कार्यक्रम संचालन गर्दै आएको छ ।
