
बुटवल, – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको छ। उनलाई काठमाडौँस्थित निवासबाट शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लामिछानेलाई भैरहवास्थित प्रहरी कार्यालयमा राखिएको छ।

प्रहरी स्रोतका अनुसार सोमबार अदालत खुलेपछि उनलाई कारागार चलान गरिनेछ। लामिछानेलाई शुक्रबार बिहान बूढानीलकण्ठस्थित हेपाली हाइटमा रहेको उनको निवासबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखिएको थियो। सुप्रिम बचत तथा ऋण सहकारी संस्थासँग सम्बन्धित ठगी प्रकरणमा लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले शुक्रबार उक्त आदेश दिएको हो। यस प्रकरणमा सहकारीका अन्य संलग्न व्यक्तिहरूमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।