मणिपा आमा समूहको दोस्रो भेला सम्पन्न : पाल्देन दोर्जे लामा पुनः अध्यक्षमा सर्वसम्मत चयन, महिला सहभागिता उल्लेखनीय

Share
Rate this News

बागमती, कर्मैया — काल्साङ छ्योई खोर्लिङ गुम्बा मणिपा आमा समूह, बागमतीको दोस्रो भेला बागमती नगरपालिका–१२, कर्मैया स्थित काल्साङ छ्योई खोर्लिङ गुम्बाको सभाहलमा सम्पन्न भएको छ। भेलाले पाल्देन दोर्जे लामालाई सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः चयन गरेको छ। समितिको अन्य पदाधिकारीहरूमा अञ्जु कुमारी ङेसुर उपाध्यक्ष, सुजता बोम्जन सचिव, गंगा लामा कोषाध्यक्ष तथा मन्दिरा घ्लान सह–सचिव पदमा चयन भएका छन्।

त्यसैगरी, समिति सदस्यहरूमा असली माया जिम्बा, तिउरी माया जिम्बा, रत्न बहादुर घिसिङ, जित माया वाईबा, सबिता घिसिङ, सानू कान्छि लो, सर्मिला लो, शान्ती माया थिङ, सुकु माया योञ्जन, मिश्रा देबी योञ्जन, ज्ञान बहादुर बल, माईलि माया घ्लान, पिङकी योञ्जन, सञ्च माया घिसिङ, पान माया योञ्जन, रोजिना पाख्रिन, धनमाया लो र हिरा माया मोक्तान चयन भएका छन्। कार्यक्रममा सभाध्यक्ष पाल्देन दोर्जे लामाको अध्यक्षतामा तथा ल्होसुम लामा सेरपको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो। भेलामा साम्तेन देछेन छ्योई खोर्लिङ गुम्बा, बथाने गुम्बा चौरका अध्यक्ष सन्त बहादुर थोकर, लामा गुरुहरू योन्तेन लामा, ग्याल्छेन लामा, समाजसेवी व्यक्तित्वहरू उत्तम थोकर, वीर बहादुर वाईबा र रत्न बहादुर घिसिङ अतिथि रहेका थिए।

कार्यक्रमको सञ्चालन बागमती नगर घेेदुङका सचिव चन्द्र बहादुर जिम्बाले गर्नुभएको थियो । भेलामा अतिथिहरुले बौद्ध धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा मणिपा आमा समूहको भूमिका महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा अझ सक्रिय भएर लाग्नुपर्ने धारणा व्यक्त गरेका छन् । साथै, बौद्ध शिक्षा र चेतनाको प्रसारका लागि प्रत्येक गुम्बाबाट लामा गुरुहरूले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता पनि उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *