सर्लाही जिल्लाको बागमती नगरपालिकाको भरत तालमा माघ १८ गते तामाङ समुदायको मञ्जुश्री सम्बत् २८६१ औं डुल/सा पुख्री ल्हो सोनाम ल्होछारको अवसरमा वृहद् साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ।
उक्त महोत्सव बागमती नगरपालिका वडा नं. ४ र १२ मा पर्ने भरत तालमा आयोजना गर्न लागेको घेदुङका नगर अध्यक्ष जय बहादुर गोलेले जानकारी दिएका छन्। महोत्सवमा तामाङ समुदायको कला, संस्कृति, र भेषभूषा झल्कने झाँकीहरु प्रस्तुत गरिनेछ।
त्यसैगरी, राष्ट्रिय स्तरका चर्चित गायक-गायिकाहरु शिव परियार, इन्दिरा गोले, संजीव घिसिङ तामाङ, टीका बोम्जन, प्रकाश तितुङ समर तामाङ प्रभाद दोङ लगायतका कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति दिने कार्यक्रम रहेको बागमती नगरपालिकाबाट चन्द्र बहादुर जिम्बाले जनकारी दिएका छन्।