
काठमाडौं, साउन २२ | Super Media Nepal
नेपाल शिक्षक महासंघले सरकारसँग पटक–पटक वार्ता गर्दा पनि मागहरू पूरा नभएको भन्दै भाद्रको दोस्रो साताको सुरुवातबाट चरणबद्ध आन्दोलन सुरु गर्ने निर्णय गरेको छ।
शिक्षक महासंघले आज काठमाडौंमा बसेको बैठकबाट सरकारको उदासीनताप्रति गम्भीर आपत्ति जनाउँदै शान्तिपूर्ण आन्दोलनात्मक कार्यक्रम घोषणा गर्ने तयारी गरेको हो। महासंघका अनुसार आन्दोलनको विस्तृत कार्यक्रम केही दिनमै सार्वजनिक गरिनेछ।
महासंघले लामो समयदेखि शिक्षकको पेशागत हक–हित, स्थायीत्व, पेशागत गरिमा, तलव–सुविधा लगायतका विषयमा आवाज उठाउँदै आएको छ। तर, सरकारले कुनै ठोस निर्णय नगरेको भन्दै आन्दोलन अपरिहार्य भएको महासंघका पदाधिकारीले जनाएका छन्।
शिक्षक महासंघले सबै तह र प्रदेशका शिक्षकलाई आन्दोलनमा एकताबद्ध भएर सहभागी हुन अपिलसमेत गरेको छ।