
काठमाडौं । Super Media Nepal
नेपालको ४२औँ प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएकी छन्। आज राष्ट्रपति कार्यालयमा शपथग्रहणसँगै उहाँले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ।
कार्की नेपालको इतिहासमा प्रधानमन्त्री बन्ने पहिलो महिला हुनुभएको छ। यो ऐतिहासिक क्षणले देशको राजनीतिक यात्रामा नयाँ अध्याय थपेको छ।
उहाँले कठिन र विषम परिस्थितिमा पनि राष्ट्रलाई अगाडि बढाउने दृढता देखाउँदै कार्यभार सम्हाल्नुभएको छ। नेपालमा महिला नेतृत्वको यो नयाँ अध्यायले भावी पुस्तालाई प्रेरणा दिने अपेक्षा गरिएको छ।