दीपावलीको रौनकसँगै राजघाटमा फुटबलको धमाका -खसी र भाले पुरस्कारमा भिडन्त!

Share
Rate this News

सर्लाही, असोज 27

चन्द्र जिम्बा तामाङ्ग । Super Media Nepal

सर्लाहीको बागमती नगरपालिका–६, राजघाटमा शुभ दीपावलीको अवसर पारेर ३२ वर्षमाथिको उमेर समूह अन्तरगत फुटबल प्रतियोगिता हुने भएको छ।

समाज सेवा युवा क्लब र शान्तिवन युवा क्लबको संयुक्त आयोजनामा हुन लागेको सो प्रतियोगितामा विभिन्न क्लबहरूले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष उत्तम वाइबाले जानकारी दिनुभयो।

प्रतियोगिता बागमती नगरपालिका–६ स्थित लालबहादुर चोक नजिकैको खेल मैदानमा सञ्चालन हुने भएको छ। आयोजकका अनुसार, प्रतियोगिताको विजेताले १० धार्नी बराबरको खसी, उपविजेताले ७ धार्नी बराबरको खसी, र तेस्रो स्थान हासिल गर्ने टोलीले तीन वटा रोचक भाले पुरस्कार स्वरूप पाउनेछन्।

सहभागिता जनाउन इच्छुक क्लबहरूलाई असोज २७ गते दिउँसो २ बजेभित्र आयोजकसँग सम्पर्क गर्न अनुरोध गरिएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *